यू–१९ विश्वकप छनोटमा नेपाललाई दोस्रो सफलता, मलेसिया आठ विकेटले पराजित

news-details

आइसिसी यू–१९ विश्वकपका लागि भइरहेको एसियन छनोट अन्तर्गतको तेस्रो खेलमा नेपाल मलेसियासँग आठ विकेटले विजयी भएको छ ।

५० ओभरको खेलमा नेपालले दुई विकेट गुमाएर १३ ओभरमा विजयी लक्ष्य भेट्टाएको हो । नेपालले जितको लागि ९३ रनको चुनौति पछ्याएकोमा १३ ओभरमा ९५ रन बनाएको हो ।

नेपाललाई विजयी गराउने क्रममा नटआउट रहेका रित गौतमले ३९ र रोहित पौडेलले ६ रन हाने । त्यस्तै पवन सराफले १९ रन र आसिफ शेख २६ रन बनाएर आउट भएका थिए ।

मलेसियालाई सस्तैमा समेटने क्रममा कुशल मल्ल र पवन सर्राफले समान ३–३ विकेट लिए भने कमलसिंह ऐरीले २ र सागर ढकालले एक विकेट लिए ।

पहिलो खेलमा सिंगापुरलाई पराजित गरेको नेपाल दोस्रो खेलमा वर्षाका कारण युएईसँग १ रनले पराजित भएको थियो । सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा युएईसँग भने वर्षाले डिएलको सिकार भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *