मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना विजयी

news-details

गत साता राष्ट्रिय टोलीबाट गोल गर्न नसक्दा आलोचित बनेका कप्तान लियोनल मेस्सीको दुई उत्कृष्ट गोलको मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा स्पान्योललाई २–० गोलको अन्तरले पराजित गरेको छ । एक साताको आरामपछि खेलमा फर्केका उनले आफ्नो प्रभाव जमाउन सफल भएका हुन् ।

शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको दोस्रो हाफको ७१ औं मिनेटमा मेस्सीले फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।
खेलको ८९ औं मिनेटमा मेसीले दोस्रो गोल गर्दै बार्सिलोनाको जित सहज बनाए । उनले माल्कमको पासमा दोस्रो गोल गरेका थिए । शीर्ष स्थानमा रहेको बार्सिलोनाले जितसँगै २९ खेलबाट ६९ अंक बनाएको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडभन्दा १० अंक अगाडी छ । ३४ अंक बनाएको स्पान्योल १४ औं स्थानमा छ ।

यस सँगै लियोनल मेसीले ला लिगाको अर्को रेकर्ड बनाएका छन् । मेसीले ला लिगामा सबैभन्दा बढी जित हासिल गर्ने खेलाडीमा ३३४ जितसँगै रियल मड्रिडका लेजेन्डरी गोलकिपर इकर कासिलासको रेकर्ड बराबरी गरेका छन् । मेसीले लगातार १० सिजनमा ४० भन्दा बढी गोल गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *