दोस्रो मैत्रीपूर्ण खेलमा कुवेतसँग नेपाल १ गोलले पराजित

news-details

कुवेतविरुद्ध भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली पुरुष राष्ट्रिय फुटबल टोली पराजित भएको छ । कुवेतले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै १ गोल गरेछि नेपालले १-० को हार व्यहोेरेको हो ।

डिफेन्डर रञ्जित धिमालले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले खेलको २९ हौं मिनेटमा कुवेतलाई दिएको पेनाल्टी युसुफ नासेरले सदुपयोग गर्दै कुवेतलाई अग्रता दिलाएका थिए ।

नेपालका लागि गोलरक्षक किरण चेम्जोङले कुवेतका पोष्ट आक्रमण रोकेको थियो । पहिलो खेलमा गोलरहित बराबरी नतिजा हात पार्दा उत्कृष्ट रहेका किरणले दोस्रो खेलमा पनि आफ्नो क्षमता कायम गर्दै पहिलो गोल बाहेक गोल हुन दिएका थिएनन् ।

यससँगै कुवेत टुरमा नेपालले २ खेलमा १ बराबरी र १ हार बेहोरेको छ । प्रशिक्षक योहान कालीनको पहिलो जिम्मेवारीमा नेपाली टोलीको प्रदर्शन सन्तोषजनक रह्यो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *