साफ च्याम्पियन बन्ने नेपालको सपना चकनाचुर, भारतले पाचौ पटक उपाधी उचाल्यो

news-details

साफ महिला च्याम्पियनसीपको फाइनलमा भारतसँग पराजित भएपछि उपाधि जित्ने नेपालको सपना फेरी चकनाचुर बनेको छ । योसँगै भारतले लगातार पाचौ पटक उपाधी माथि कब्जा जमाउन सफल भएको हो ।

विराटनगरको शहिद रंगशालामा शुक्रबार भएको फाइनलमा नेपाललाई ३-१ गोल अन्तरले हराउँदै भारतले पाँचौ पटक उपाधि जितेको हो । भारतसँग फाइनलमा नेपालको यो चौथो हार हो ।

घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको थियो । तर, २३ औं मिनेटमा भारतकी डालिमा छिब्बरले फ्रिकिकमा उत्कृष्ट गोल गरिन् ।

त्यसको १० मिनेटपछि साबित्रा भण्डारीले गोल गर्दै घरेलु टोलीलाई फेरि खेलमा फर्काएकी थिइन ।

दोस्रो हाफमा भने नेपालको प्रदर्शन राम्रो हुन सकेन र पाएको अवसर पनि सदुपयोग गर्न सकेन । यसको प्रत्यक्ष फाइदा उठाउदै भारतका लागि ६३ औ मिनेटमा ग्रेस दाङ्मेले दोस्रो गोल गरिन भने ७८ औ मिनेटमा अन्जु तामाङले तेस्रो गोल गरेकी थिइन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *