साफ महिला फुटबलमा विजयी भए प्रत्येक खेलाडिलाई २ लाख दिने सरकारको घोषणा

news-details

विराटनगर– नेपालमा पहिलो पटक आयोजना भएको पाँचौ महिला साफ फुटबल प्रतियोगितामा नेपाल बिजयी भएमा प्रदेश नं १ सरकारले जनही रु दुई लाख पुरस्कार दिने घोषणा गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं १ को आज भएको निर्णयअनुसार सो पुरस्कार दिने घोषणा भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुर्व सुवेदीले जानकारी दिए ।

मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल उपविजेता भएमा खेलाडीको हौसला बढाउन जनही रु एक लाख प्रदान गर्ने निर्णय भएको छ ।

फागुन २८ गते शुरु भएको सो प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीच आज फाइनल खेल हुदैछ ।

यसैगरी, नेपाल समूह विजेत भएमा विराटनगर महानगरपालिकाले पनि थप पुरस्कार दिने प्रमुख भीम पराजुलीले यसअघि नै घोषणा गरिसक्नुभएको छ । प्रतियोगिता विराटनगरको शहीद रङ्गशालामा भइहेको छ ।

रासस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *