अमर्यादित सेलिब्रेसन गरेको आरोपमा रोनाल्डोमाथि २० हजार युरो जरिवाना

news-details

जुभेन्टस फरवार्ड क्रिस्चियानो रोनाल्डोमाथि २० हजार युरो जरिवाना लगाइएको छ । गोल गरेपछि सेलिब्रेसनका क्रममा अनुचित व्यवहार देखाएको भन्दै युनियन अफ युरोपियन फुटबल एसोसियसन (युइएफए)ले रोनाल्डो माथि जरिवाना लगाएको हो ।

च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत एथलेटिको मड्रिडसँग भएको खेलमा मर्यादा विपरीतको व्यवहार देखाएको भन्दै कारबाही स्वरुप जरिवाना गरिएको युइएपएले जनाएको छ ।

अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेलमा जुभेन्टस एथलेटिको मड्रिडसँग २–० ले पराजित भएको थियो । तर, दोस्रो लेगको खेलमा रोनाल्डोको ह्याट्रिक गोलको मदतले जुभेन्टस अन्तिम ८ मा प्रवेश गरेको थियो । ह्याट्रिक गरेपछि खुसी साट्ने क्रममा रोनाल्डोले देखाएको व्यवहार अमर्यादित रहेको युइएफएको ठहर छ ।

यस सम्बन्धमा युइएफएले आगामी बिहीबार रोनाल्डोविरुद्ध मुद्दा दायर गर्ने जनाएको छ । जुभेन्टसले क्वार्टरफाइनलमा डच क्लब अजाक्सको सामना गर्नेछ ।

च्याम्पियन्स लिगमा रोनाल्डोले हालसम्म १ सय २४ गोल गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *