लिग कप फुटबलको उपाधि म्यानचेस्टर सिटीलाई

news-details

काठमाडौं । म्यानचेस्टर सिटीले लिग कप फुटबल अर्थात् काराबाओ कप फुटबलको उपाधि जितेको छ । चेल्सीलाई टाइब्रेकरमा पराजित गर्दै म्यानचेस्टर सिटीले लिग कप फुटबलको उपाधी हात पारेको हो ।

आइतबार राति भएको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा सिटी ४–३ ले विजयी भयो । सिटीले छैटौं पटक लिग कपको उपाधि जितेको हो ।

सिटीका लागि सर्जियो अगुएरो, इल्काए गुन्डोगन, बर्नार्डो सिल्भा र रहिम स्टरलिङको प्रहार गोल भयो । चेल्सीका एमर्सन, सेजार एज्पिलीक्वेटा र इडेन हाजार्डले गोल गर्दा जोर्जिन्होको प्रहार एडरसनले बचाए । डेविड लुइजको प्रहार पोस्टमा लाग्नु दुर्भाग्य सावित भयो ।

सिटीले यसअघि सन् २०१६ मा पनि लिभरपुललाई टाइब्रकेरमा पराजित गर्दै उपाधि जितेको थियो । प्रतियोगिताको इतिहासमा लिभरपुलले सर्वाधिक ८ पटक यो उपाधि जितेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *