डीपीएलको उपाधि सिवाइसी अत्तरियालाई, फाइनलमा महेन्द्रनगर ३ विकेटले पराजित

news-details

रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) तेस्रो टि–२० क्रिकेट प्रतियोगिताको उपाधि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सिवाइसी अत्तरियाले उचालेको छ ।

महेन्द्रनगरले दिएको १ सय २४ रनको लक्ष्य पछ्याउने क्रममा अत्तरियाले १९ औं ओभरको ५ औं बलमा अत्तरियाका सन्नी पटेलले छक्का हिर्काउदै जित दिलाएका थिए । अत्तरियाले ७ विकेटको नोक्सानीमा १ सय २७ रन जोड्दै उपाधिमा कब्जा जमाएको हो ।

योसँगै सिवाइसी अत्तरियाले पहिलो पटक डीपीएलको उपाधिमा कब्जा जमाउदै ३० लाख रुपैयाँका साथै आकर्षक ट्रफी चुमेको छ । अन्तिम ओभरमा ७ रनको आवश्यकता रहेका बेला अन्नि पटेलले उत्कृष्ट ब्याटिङ गर्दै अत्तरियालाई जिताएका थिए ।

महेन्द्रनगरले दिएको १ सय २४ रनको लक्ष्य पछ्याउने क्रममा अत्तरियाका लागि सन्नी पटेलले आक्रामक पारी खेल्दै २६ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै नटआउट ४७ रनको योगदान दिदा अत्तरियाले १ बल अगाडि जित निकाल्दै उपाधि रक्षा गर्‍यो ।

साथै जयकिशन कोल्छावालाले ३० रनको योगदान दिदा कप्तान दिपेन्द्र सिंह ऐरीले १७ रन जोड्दा महेन्द्रनगरका बिदेशी खेलाडी मोहम्मद नाभिदले बोल्ड गरेका थिए । त्यसैगरी भुवन कार्कीले ८ रन, जितेन्द्र ठकुरीले नटआउट ३ रन, युवा ब्याट्सम्यान सन्दीप जोराले २ रन जोड्दा रन आउट भएका थिए ।

बलिङतर्फ महेन्द्रनगरका सागर ढकालले २ विकेट चट्काउदा मोहम्मद नाभिदले पनि २ विकेट प्राप्त गरे । अभिनाश बोहरा र साब आलमले एक एक विकेट प्राप्त गरे ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको महेन्द्रनगर युनाइटेडले २० पुरै खेल्दै सबै विकेट गुमाएर १ सय २३ रन जोडेको थियो । महेन्द्रनगरका लागि ओपनिङ गरेका विकेट किपर दीलिप नाथले सर्वाधिक ४३ रनको योगदान दिदा उनले ५ चौका र १ छक्का प्रहार गरेका थिए ।

कुशल मल्लले २५ रन, रोहित कुमार पले २४ रन, आरिफ शेकले ११ रन जोड्दा एस आनन्दले २ रन, अमर सिह रौटेलाले १ रन, कप्तान शून्य रनमा आउट भए ।

बलिङतर्फ अत्तरियाका कप्तान दिपेन्द्र सिंह ऐरी र दीपेन्द्र रावतले समान २–२ विकेट चट्काउदा सन्नी पटेलले १ विकेट झार्दा महेन्द्रनगरका ५ जना रन आउटको शिकार भएका थिए ।

प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा महेन्द्रनगर यूनाइटेड र सिवाइसी अत्तरिया देशकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको उपाधिका भिडन्तमा दिपेन्द्र ऐरीको नेतृत्वमा रहेको अत्तरियाले बाजि मारेको हो । योसँगै शरद भेषावकरको नेतृत्वमा महेन्द्रनगर युनाइटेड उपविजेतामा चित्त बुझाउदै १२ लाख रुपैयाँका साथै ट्रफी प्राप्त गरेको छ ।

आजको फाइनल खेलमा अत्तरियालाई उपाधि जिताउन उत्कृष्ट भुमिका खेलेका सन्नी पटेल प्लेयर अफ द म्याच चुनिएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *