नेपाललाई पहिलो ऐतिहासिक टी-२० क्रिकेट सिरिज, निर्णायक खेलमा युएईलाई १४ रनले हरायो

news-details

युएई विरुद्धको तेस्रो तथा अन्तिम टी २० खेलमा १४ रनले बिजयी हुदै नेपालले पहिलो पटक ऐतिहासिक टी-२० सिरिज जितेको छ ।यसअघि भएका २ खेलमध्ये पहिलो खेल युएईले २१ रनले जितेको थियो। दोस्रो खेल नेपालले ४ विकेटले आफ्नो पक्षमा पार्दै सिरिज १-१ को बराबरी गरेको थियो।

वर्षाका कारण १० ओभरमा छोट्याइएको तेस्रो तथा अन्तिम टी-२० मा नेपालले यूएईलाई १०५ रनको लक्ष्य दिएको थियो । तर, यूएईले ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।

युएईलाई सस्तैमा समेट्न नेपालका करन केसी, अभिनास बोहोरा र ललित नारायण राजबंशीले २-२ विकेट लिँदा सन्दीप लामिछाने र सोमपाल कामीले १-१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पारस खडकाको २९ रन, सन्दिप जोराको २८ रन, विनोद भण्डारीको २१ रनको मद्यतले ८ विकेटको क्षतिमा १०४ रन बनाएको थियो ।

आजको जितसँगै नेपालले युएई विरुद्धको टी-२० सिरिज २-१ ले आफ्नो पक्षमा पारेको हो । यसअघि वानडे सिरिज पनि २-१ ले नै नेपालले आफ्नो पक्षमा पारेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *