दुई खेलअघि नै मनाङ बन्यो लिग च्याम्पियन

सर्वाधिक ८ पटक लिग बिजेताको किर्तिमान रच्यो
news-details

पल्सर शहिद स्मारक ए डिभिजन लिगको २ चरणको खेल बाकि रहदै डिफेण्डिङ च्याम्पियन सिग्नेचर मनाङ मस्र्याङदी क्लब लिग च्याम्पियन भएको छ ।

ललितपुरको सातदोबोटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा मनाङले संकटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै दुई खेलअघि नै लिग विजेता बनेको हो । यो जितसँगै अपराजित रहदै लिग च्याम्पियन हुने इतिहास पनि मनाङले रचेको छ ।

११ औ चरणसम्म अपराजित मनाङ यसपछिका दुबै खेल आफ्नो पक्षमा नरहे पनि विजेता बन्नेछ । लगातार ११ खेल जितेको मनाङको ३३ अंक भएको छ भने दोश्रो स्थानमा रहेको संकटाले समान खेल खेलमा २५ अंक बटुलेको छ । यस्तै एक खेल कम खेलेको थ्रिस्टार क्लबको २३ अंक छ ।

यस पटकको लिग च्याम्पियन भएसगै मनाङ मस्र्याङदी क्लबले सर्वाधिक पटक लिग विजेताको किर्तिमान पनि बनाएको छ । मनाङ अहिलेसम्म ८ पटक लिग च्याम्पियन भएको छ । यसअघि मनाङले २०४३, २०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० सालमा भएको लिगको उपाधि जितेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *