विग ब्यास लिग : सन्दीपले पहिलो खेलमा लिए २ विकेट

news-details

नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले विग ब्यास लिग अन्तर्गतको आफ्नो पहिलो खेलमा २ विकेट लिएका छन् । मेलवर्न स्टार्सका तर्फबाट खेलिरहेका सन्दीपले सिड्नी थन्डर्स विरुद्धको खेलमा २ विकेट लिएका हुन् ।

सन्दीपले पहिलो ओभरमै २ विकेट लिएका हुन् । उनले ओभरको दोस्रो बलमा थन्डर्सका कप्तान सेन वाट्सन र ओभरको अन्तिम बलमा कलुम फर्गुसनको विकेट लिएका थिए ।

आठौं ओभरको रुपमा पहिलो ओभर गरेका सन्दीपले त्यसपपछि भने कुनै विकेट हात पार्न सकेनन् । सन्दीपले सिड्नी विरुद्ध गरेका कुल ४ ओभरमा २ विकेट लिँदै ३६ रन दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *