रोहित चन्द बने इन्डोनेसियन लिग वानको सर्वोत्कृष्ट खेलाडी

news-details

नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर रोहित चन्द इन्डोनेसियाको लिगमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । पर्सिजा जकार्तालाई उपाधि दिलाउँदा महत्त्वपूर्ण भूमिका निभाएका उनको टिमले आइतबार लिग वानको उपाधि जित्दा रोहित लिगको सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

अघिल्लो साता रोहित इन्डोनेसिया लिगको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका थिए । मनोनयनमा पर्सिजा जाकार्ताका मिडफिल्डर रोहितसँगै पर्सबायाका ब्राजिलियन फरवार्ड डेबिड डे सिल्भा र पीएसएम मकासरका डच मिडफिल्डर विलेम जान प्लम रहेका थिए। तर उनीहरूलाई पछि पार्दै रोहितले बाजी मारे ।

रोहितको लगातार उत्कृष्ट प्रदर्शनको मद्दतले पर्सिजाले लिग उपाधि जित्न सफल भयो । अन्तिम खेलमा मिट्रा कुकारलाई २–१ ले पराजित गर्दै पर्सिजाले लिगको उपाधि जितेको हो । लिगको ३१ खेलको समाप्तिमा रोहितले ३ गोल र २ असिस्ट गरेका थिए ।

रक्षात्मक मिडफिल्डरको भूमिका निभाएका रोहितले गोलको तथ्यांकमा उल्लेख्य प्रदर्शन गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *