लुका मोड्रिच घोषित भए ‘फिफा उत्कृष्ट फुटबल प्लेयर अफ दि इयर’

news-details

लुका मोड्रिच बेस्ट फिफा फुटबल अवार्डमा वर्षको उत्कृष्ट पुरुष खेलाडी चुनिएका छन् ।

३३ वर्षीय रियल म्याड्रिडका मिडफिल्डरले पूर्व समकक्षी क्रिस्टियानो रोनाल्डो र लिभरपुलका मोहमद शलाहलाई पछि पार्दै उक्त अवार्ड हात पारेका हुन् ।

मोड्रिचले गत मेमा लगातार तेस्रो च्याम्पियन्स लिगको उपाधि जितेका थिए भने जुलाईमा क्रोएसियालाई फाइनलसम्म पुर्याउन मुख्य भूमिका खेलेका थिए ।

ब्राजिल तथा ओर्लान्डो प्राइडकी मार्टाले उत्कृष्ट महिला खेलाडीको उपाधि हात पारिन् ।

रियल म्याड्रिडका गोलकिपर थियाबट कोर्टवा उत्कृष्ट गोलकिपर चुनिए ।

क्रोएसियलाई ४–२ गोलअन्तरले हराउँदै विश्वविजेता बनेको फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प उत्कृष्ट प्रशिक्षक घोषित भए भने महिला टोलीको उत्कृष्ट प्रशिक्षकको उपाधि रेनाल्ड पेड्रोसले हात पारे ।

यता, शलाहले एभर्टनबिरुद्ध गत डिसेम्बरमा गरेको गोलका लागि पुस्कास अवार्ड हात पारे ।

पेरुका समर्थकहरुले फिफा फ्यान अवार्ड जिते ।

बेस्ट फिफा फुटबल अवार्डको यो तेस्रो संस्करण हो । फ्रान्स फुटबल पत्रिकाले सन् १९५६ देखि बालोन डि’ओर वितरण गर्दै आएकोमा फिफासँग सन् २०१० देखि २०१५ सम्म संयुक्त रुपमा यो उपाधि वितरण गर्दै आएको थियो ।

तर, फुटबलको नियामक निकायले जनवरी २०१७ देखि फिफा बेस्ट अवार्ड शुरु गरेको थियो ।

यसमा राष्ट्रिय टिमका कप्तान, प्रशिक्षक, सिमित पत्रकार र अनलाइन भोटिङमाफर्तन विजेता चयन गरिन्छ । हरेकको हिस्सा भोटिङमा २५ प्रतिशत रहन्छ ।
मोड्रिचले क्लब र देशका लागि ५६ खेल खेल्दै च्याम्पियन्स लिगको उपाधि जित्न सफल रहे भने क्रोएसियालाई फाइनलसम्म पुर्याए ।

विश्वकपमा गोल्डन बल पनि जितेका मोड्रिचले उपाधि जितेपछि आफूलाई यहाँसम्म पुर्याउने सबै प्रशिक्षकलाई धन्यवाद दिए ।

यस्तै फिफा वर्ष टोलीमा डेभिड डि गेया, ड्यानी आल्भेस, राफायल भरान, सर्जियो रामोश, मार्सेलो, लुका मोड्रिच, एनगोलो कान्टे, एडिन हजार्ड, लियोनेल मेस्सी, कायलिन एमबाप्पे र क्रिस्टियानो रोनाल्डो छनौट भए ।

एजेन्सी

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *