युभेन्टसको विजयी सुरुवात तर रोनाल्डोले पाए रेड कार्ड

news-details

एजेन्सी / इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गर्दा उसका स्टार खेलाडी रोनाल्डोले भने रातो कार्ड खाएका छन् । बुधबार राति भएको खेलमा १० खेलाडीमा सिमित युभेन्ट्सले स्पेनिस क्लब भ्यालेन्सियालाई २-० ले पराजित गर्यो ।

भ्यालेसियाको मैदानमा युभेन्ट्सलाई जित दिलाउन दुवै गोल मिरालिम पजनीकले गरेका थिए । खेलमा युभेन्ट्स पहिलो हाफमै १० खेलाडीमा सिमित भएको थियो । खेलको २९ औं मिनेटमा पोर्चुगिज फरवार्ड क्रिष्टियानो रोनाल्डोले रातो कार्ड खाएपछि युभेन्ट्स १० खेलाडीमा सिमित भएको हो । भ्यालेन्सियाका डिफेन्डर जेइसन् मुलिरोलाई उसैको डिबक्समा फउल गरेपछि रोनाल्डोले कपालमा समातेर दुर्व्यवहार गरेपछि रेफ्रीले रातो कार्ड दिएका थिए ।

पाँच पटकको बालोन डी ओर विजेता रोनाल्डोले पहिलोपटक च्याम्पियन्स लिगमा रातो कार्ड पाएका हुन् । स्पेनिस क्लब रियल मड्रिडलाई लगातार चार सिजन च्याम्पियन्स लिगको उपाधि जिताउन सफल रोनाल्डोले युभेन्ट्समा डेब्यु खेलमै रातो कार्ड पाएका हुन् । च्याम्पियन्स लिगको १५४ औं खेलमा रातो कार्ड पाएसंगै रोनाल्डोले दुई खेलको प्रतिबन्ध भोग्ने बताईएको छ ।

रोनाल्डोले रातो कार्ड पाएर मैदानबाट बाहिरिएपनि युभेन्ट्सलाई पजनीकले राहत दिलाए । खेलको ४५ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै पजनीकले युभेन्ट्सलाई १-० को अग्रता दिलाए । त्यसपछि खेलको ५१ औं मिनेटमा पुनस्पजनीकले पाएको पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई २-० को जित दिलाए ।

खेलको अन्तिम समयमा भ्यालेन्सियाले एक गोल फर्काउने मौका पाएको थियो । तर, ड्यानियल परेजोले पेनाल्टीमा गोल गर्न सकेनन् । उसको पेनाल्टी प्रहार युभेन्ट्सका गोलरक्षकले जोगाएका थिए । जितसँगै समूह एचको युभेन्ट्सले पहिलो खेलमा ३ अंक जोडेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *