च्याम्पियन्स लिग आजबाट सुरु, पहिलो खेलमा बार्सिलोनाले पिएसभीसँग प्रतिस्पर्धा गर्दै

news-details

एजेन्सी / युरोपियन क्लब फुटबलमा सर्वाधिक ठुलो प्रतियोगिताका रुपमा रहेको च्याम्पियन्स लिग फुटबल म‌ंगलबारबाट हुँदै छ । च्याम्पियन्स लिगमा मंगलबार चार समूहको आठ खेलहरु हुँदैछन् ।

समूह चरणको पहिलो खेलमा स्पेनिस क्लब बार्सिलोनाले पिएसभीसँग प्रतिस्पर्धा गर्दैछ । समुह बीमा रहेको बार्सिलोनाले घरेलु मैदानमा पिएसभीविरुद्ध समूह चरणको पहिलो खेल खेल्नेछ । बार्सिलोना र पिएसभीबीचको खेल मंगलबार राति १०:४० मा सरु हुनेछ । एसभीविरुद्ध मैदान उत्रदा बार्सिलोना सुरुवातमानै जित निकाल्ने ध्याउनमा हुने छ ।

समूह बी अन्तर्गतकै अर्को खेलमा इटालियन क्लब इन्टर मिलान र इन्ग्लिश क्लब टोटेनहमले प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल पनि सोहि समयमा हुने छ ।

यस्तै समूह सीमा रहेका इन्ग्लिस क्लब लिभरपुलले घरेलु मैदानमा फ्रान्सको पेरीस सेन्ट जर्मेन (पिएसजी) सँग खेल्दैछ । साबिकको उपविजेता लिभरपुल घरेलु मैदानमा बलियो टोली पिएसजीलाई स्तब्ध बनाउने लक्ष्यमा हुनेछ ।

समूह ए अन्तर्गत जर्मन क्लब बोरुसिया डर्टमण्डले क्लब ब्रुगको सामना गर्नेछ । यसै समूहको अर्को खेलमा फ्रान्सेली क्लब मोनाको र स्पेनिस क्लब एट्लेटिको मड्रिडले प्रतिस्पर्धा गर्नेछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *