साफ च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपाल माल्दिभ्ससँग ३-० गोलले पराजित भएको छ । यो पराजयसँगै नेपालले साफ च्याम्पियनसिपमा इतिहास रच्ने सुनौलो मौका पनि गुमाएको छ ।

बंगलादेशको राजधानी ढाकाको बगबन्धु रंगशालामा भएको खेलमा माल्दिभ्सले ८ औ मिनेटमा नै अग्रता लिएको थियो । त्यसपछि लगातार एकपछि अर्को आक्रमण गर्न कोशिष गरिरहे पनि ८४ औ मिनेटमा दोश्रो गोल खान पुगेपछि  नेपालको खेलनै धरमरायो । यसको दुई मिनेट नबित्दै माल्दिभ्सले अर्को गोल थपेको हो ।

साफ च्याम्पियनसिपमा नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन । सेमिफाइनल भने अहिलेको पटकसमेत गरेर ५ पटक पुगेको छ ।