नेपाललाई इतिहास रच्ने मौका, सेमिफाइनलमा आज माल्दिभ्ससँग भिड्दै

news-details

बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज बुधबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । साफ च्याम्पियनसिप फुटबलमा ५ औं पटक सेमिफाइनल पुगेको नेपाल माल्दिभ्सलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यका साथ तयारी गरिरहेको छ ।

नेपाल प्रतियोगितामा पहिलोपटक फाइनल पुग्ने प्रयासमा हुने छ । सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियन्सिपमा नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन ।

यस प्रतियोगिताको इतिहासमा नेपालले मालदिभ्सलाई हराएको छैन । तर यी दुई टोलीबीचको भिडन्त सँधै रोमाञ्‍चक रहँदै आएको छ । त्यसैले यसपटक नेपालले माल्दिभ्ससँग भोग्दै आएको बराबरी र हारको नतिजा जितमा बदल्न सकेमा नेपालले इतिहास रच्नेछ ।

सेमिफाइनल पुग्ने टोली मध्ये सबैभन्दा कमजोर प्रदर्शन माल्दिभ्सको देखिएको छ । समूह ‘बी’बाट १ अंक र विना गोल माल्दिभ्सले सेमिफाइनल सम्मको यात्रा तय गरेको छ । त्यो पनि गोलप्रथामा भाग्यशाली रहँदै । २ खेल जितेको भारत समूह विजेता हुँदा समान १ अंक जोडेको माल्दिभ्स र श्रीलंकाबीच समूह दोस्रोका लागि गोला प्रथा भएको थियो ।

त्यस अर्थमा यसपटक माल्दिभ्स सेमिफाइनल पुग्ने सबैभन्दा कमजोर टोली भन्दा फरक पर्दैछ । त्यहि माल्दिभ्सलाई यसपटक नेपालले प्रतिद्वन्द्विका रुपमा पाएको छ । जबकी नेपाल समूह ए को विजेताका रुपमा अन्तिम चारमा पुगेको हो ।

नेपाल र मालदिभ्स साफ च्याम्पियनसिपमा पहिलोपटक सेमिफाइनलमा भिड्न लागेका हुन् । मालदिभ्स एक पटकको विजेता र तीन पटकको उपविजेता हो । पाँच पटक सेमिफाइनलमा रोकिएको छ । पछिल्ला तीन संस्करणमा लगातार सेमिफाइनल पुगेपनि त्यसभन्दा अगाडि बढ्न सकेको छैन । नेपाल पनि समग्रमा पाँचौं पटक सेमिफाइनल पुगेको हो ।

साफ च्याम्पियनसिपमा नेपाल र माल्दिभ्स 

सन् २०११– भारत 
नेपाल १–१ माल्दिभ्स

सन् २००९ – बंगलादेश 
नेपाल १–१ माल्दिभ्स

सन् २००८ – माल्दिभ्स 
नेपाल १–४ माल्दिभ्स

सन् २००३ – बंगलादेश 
नेपाल २–३ माल्दिभ्स

सन् १९९९–  भारत 
नेपाल २–३ माल्दिभ्स
नेपाल ०–२ माल्दिभ्स

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *