साफ च्याम्पियनसिपमा नेपालको शानदार जित, भुटानविरुद्ध ४ गोल हान्यो

news-details

बंगलादेशमा भैरहेको सुजुकी साफ च्याम्पियनसिपमा नेपालले दोस्रो खेलमा भुटानलाई ४-० ले पराजित गरेको छ । अघिल्लो खेलमा पाकिस्तानसँग अन्तिम १ मिनेट सम्हालिन नसक्दा २-१ को पराजय भोग्न पुगेको नेपाललाई आजको खेल जित्नै पर्ने दबाब थियो ।

भुटान विरुद्धको खेलमा अनन्त थापाले २१ औं मिनेटमा गोल गरेर सुरुवाती दिएका थिए भने खेलको ७० औं मिनेटमा सुनील बलले अग्रता दोब्बर बनाएका थिए । नेपालले पाएको पेनाल्टी बिमल घर्तीमगरले मिस गरेपनि फर्किएको बललाई सुनीलले गोलको दिशा दिएका थिए । यस्तै खेलको ७६ औं भरत खवास र ८८ औं मिनेटमा निराजन खडकाले गोलगरेपछि टीम ४–०ले विजयी भयो ।

नेपालले अब आफ्नो अनितम खेल शनिबार आयोजक बंगलादेशसँग खेल्नेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *