एसिया कप क्रिकेटको छनौट खेलबाट बाहिरियो नेपाल, अन्तिम खेलमा हङकङसँग पराजित

news-details

हङकङसँग हार बेहोरेपछि नेपाल एसियाकप क्रिकेटको छनौट खेलबाट बाहिरिएको छ। मलेसियामा जारी एसीसी क्वालीफायरमा आफ्नो अन्तिम खेलसँगै नेपाल निरास नतिजा बोकेर घर फर्किएको हो । अन्तिम खेल जित्दा र अरु समुहको नतिजा पनि आफू अनुकुल भएमा फाइनल प्रवेश गर्ने नेपालको झिनो आशा थियो । तर, नेपालले अन्तिम खेलमा हारेसँगै नेपालको सबै सम्भावना सकिएको हो ।

हङकङले नेपाललाई तीन विकेटले पराजित गरेको छ । नेपालले दिएको ९५ रनको सामान्य लक्ष्य हङकङले ७ विकेट गुमाउँदै साढे ३२ ओभर खेल्दा भेट्यायो । नेपालले उत्कृष्ट बलिङ गरेको भए पनि ब्याटिङमा कमजोर प्रस्तुत हुनु हारको कारण बन्यो । छनौट खेलमा सहभागी मलेसिया र सिंगापुर योभन्दा अघि नै घर फर्किएका थिए ।

अब एसिया कपको फाइनलमा ओमान, युएइ र हङकङमध्ये दुई टीम पुग्ने छन् । फाइनलमा को पुग्ने भन्ने कुराको निर्धारण ओमान र युएइका बीचमा जारी खेलले गर्ने छ । नेपाललाई हराएसँगै हङकङ ७ अंकका साथ ओमानसँगै उभिएको छ । तर ओमानको भन्दा हङकङको रनरेट राम्रो छ । ओमान र युएइबीच भइरहेको खेलको नतिजा आउन बाँकी छ ।

ओमानले जितेमा ओमान सिधै फाइनलमा पुग्ने छ। तर ओमानले खेल नजितेमा युएइ ८ अंकका साथ फाइनलमा जाने छ भने रन रेटका आधारमा हङकङ फाइनलमा जानेछ । ओमानले जित्दा युएइको ६ अंक मात्रै हुँदा हङकङ सिधै फाइनलमा जान्छ । यसरी हेर्दा ओमान र युएइका बीचमा भइरहेको खेलको नतिजा जे आए पनि हङकङले सिधै फाइनलको टिकट पाइसकेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *