एसिया कप छनोटमा नेपालको पहिलो जित, मलेसियालाई १९ रनले हरायो

news-details

काठमाडौं स् एसिया कप क्रिकेट अन्तर्गत लगातार दुई खेल हारेको नेपालले तेस्रो खेलमा भने जित हासिल गरेको छ । टस हारेर पहिले व्याटिङ गरेको नेपालले १९ रनले जित हासिल गरेको हो ।

३० ओभरमा छोट्याइएको खेलमा नेपालले निर्धारित समयमा सात विकेट गुमाएर १८९ रनको चुनौति पस्केको थियो । नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १६९ रन मात्र बनाउन सक्यो ।

नेपालको जितमा बलिङतर्फ बसन्त रेग्मीले तीन विकेट लिएभने सोमपाल कामी, सन्दीप लामिछानेले समान दुई-दुई विकेट लिएका थिए । त्यस्तै दिपेन्द्रसिंह ऐरी र सागर पुनले एक-एक विकेट लिए ।

व्याटिङ तर्फ आरिफ शेख र दिपेन्द्रसिंह ऐरीले महत्वपूर्ण भूमिका खेलेका थिए । ५१ बलमा ५४ रन बनाएर दिपन्द्र आउट भएपनि आरिफ शेख भने ४८ बलमा ६४ रन बनाएर नटआउट रहे । उनले दुई छक्का र पाँच चौका प्रहार गरे ।

नटआउट रहेका बसन्त रेग्मीले सात बलमा ६ रन जोडे । नेपालका लागि अनिलकुमार शाहले १६, सुवास खकुरेलले ९, पारस खड्काले १३, ज्ञानेन्द्र मल्लले ११ र सागर पुन र सोमपाल कामी खाता खोल्न सकेनन् ।

नेपाललाई अबका सबै खेलको जिते पनि एसिया कप छनोटका लागि अरु टिमको नतिजा कुर्नुपर्ने हुन्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *