काठमाडौं । यस बर्षको युरोपको उत्कृष्ट पुरुष फुटबलर रियल म्याड्रिडका लुका मोड्रीच बनेका छन् । युरोपियन फुटबल फेडेरेशनले आज च्याम्पियन्स लिगक ओय्स सिजनको समुह चरणको ड्र सार्वजनिक गर्ने कार्यक्रममा मोड्रीचलाई यस बर्षको युरोपको उत्कृष्ट खेलाडी घोषणा गरिएको छ ।
मोड्रीचले क्रिस्टियानो रोनाल्डो र मोहमद सलाहलाई पछि पार्दै गत सिजनको युरोपको उत्कृष्ट खेलाडी बनेका छन् ।
अन्तिम तीन खेलाडीको सुची च्याम्पियन्स लिग र युरोपालिगको समुह चरणमा छनौट भएका ८० क्लबका म्यानेजरहरु र युरोपियन खेलकुद मिडिया समुहले छानेका ५० खेल पत्रकारले गोप्य मतबाट छानेका थिए । म्यानेजर र पत्रकारहरुले पहिलोलाई ५ दोस्रोलाई ३ र तेस्रो स्थानको खेलाडीलाई एक अंक दिएका थिए ।
मोड्रीचले रियल म्याड्रिडको च्याम्पियन्स लिग जितमा महत्वपूर्ण भूमिका रहेको थियो । उनले फाइनलमा लिभरपुलसँग ३-१ को जितमा महत्वपूर्ण भूमिका निभाएका थिए ।
गत सिजनमा मेसी, आन्द्रे इनेस्टा, फ्रान्क रिबेरी र रोनाल्डो अन्तिम मनोनयनमा थिए भने रोनाल्डोले यो उपाधि जितेका थिए । रोनाल्डोले अहिलेसम्म २०१४, २०१६ र २०१७ गरि तीन पटक यो उपाधि जितेका छन् ।








