बंगलादेशमा हुने साफ सुजुकी कप फुटबलका लागि २० सदस्यी नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले विराज खड्काको कप्तानीमा सोमवार २० सदस्यीय टोली घोषणा गरेका हुन् ।

यसअघि प्रारम्भिक चरणमा छनोटमा परेका २९ खेलाडीबाट अन्तिम टोली घोषणा गरिएको हो । बंगलादेशमा हुने साफमा नेपाल समूह ए मा छ । नेपाल रहेको समूहमा आयोजक बंगलादेश, पाकिस्तान र भुटान छन् ।

२० सदस्यीय नेपाली टोली

गोलकिपर : किरण कुमार लिम्बु, बिकेश कुथु, एलान न्यौपाने

डिफेण्डर : दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द, सुमन अर्याल

मिडफिल्डर : हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का

फरवार्ड : भरत खवास, विमल घर्ती मगर, नवयुग श्रेष्ठ, अन्जन विष्ट