एसियाड फुटबल : नेपाल पाकिस्तानसँग पनि पराजित

news-details

काठमाडौं । १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत फुटबल खेलमा नेपालको २३ वर्षमुनिको टिम पाकिस्तानको २३ वर्षमुनिको टिमसँग २-१ ले पराजित भएको छ ।

इन्डोनेसियाको प्याट्रिओट चन्दबागा रंगशालामा खेलको १२ औं मिनेटमा नै आत्मघाती गोल उपहार पाएर अग्रता बनाएको नेपालले दोस्रो हाफमा अग्रता जोगाउन सकेन । पाकिस्तानका लागि खेलको ५४ औं मिनेटमा बिलाल मुहम्मदले गोल गरेर बराबरी बनाएका थिए । ७२ औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै सद्दाम हुसैनले विजयी गोल गरे ।

आइतबार नेपालको गोलको खडेरी ३६ वर्षपछि तोडिए पनि नेपाली खेलाडीले आफ्नै नाममा गोल लेखाउन भने सकेनन् ।

सन् १९८२ को एसियाली खेलकुदका बेला गोल गरेपछि नेपालले गोल गर्न सकेको छैन । त्यसबेला पहिलो खेलमा वाईबी घलेले कुवेतविरुद्ध गोल गरेका थिए । अहिलेसम्म एसियाली खेलकुदमा नेपालले खेलेका १८ खेलमा ७० गोल खाइसकेको छ ।

यसअघि पहिलो खेलमा जापानसँग १-० ले हारेको नेपाल दोस्रो खेलमा भियतनामसँग २-० ले हारेको थियो । पाकिस्तानसँगको हारपछि समूह ‘डी’ मा रहेको नेपाल अंक तालिकाको पुछारमा रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *