एसियाड फुटबल : लगातार २ हार सँगै नेपाल समूह चरणबाटै बाहिरियो

news-details

१८ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) फुटबलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको दोस्रो खेलमा नेपाल भियतनामसँग २-० गोलले पराजित भएपछि अन्तिम खेल अगावै प्रतियोगिताबाट बाहिरिएको हो । इन्डोनेसियाको विबावा रंगशालामा बिहीबार भएको खेलमा भियतनामले नेपाललाई खेल अवधिभर दबाबमा राखेको थियो । नेपालले दुवै हाफमा एक एक गोल खाएको थियो ।

पहिलो खेलमा जापानसँग १-० ले पराजित भएको नेपालले भियतनामसँग सुधारिएको प्रदर्शन गर्ने अपेक्षा गरिए पनि नेपालले गोलको खडेरी भने तोड्न सकेन । निकै फितलो प्रदर्शन गरेको नेपालले खेलको ३१ र ६३ औं मिनेटमा गोल खाएको थियो । भियतनामका लागि आन दुक एग्युएनले ३१ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ६४ औं मिनेटमा फान भान दुकले गोल गर्दै भियतनामको जित सुनिश्चित गरेका थिए ।

पहिलो हाफमा भियतनामले केही उत्कृष्ट प्रहार गरेको थियो । लगातार पोस्टमा आक्रमण हुँदा कप्तान तथा गोलरक्षक किरण चेम्जोङ निकै व्यस्त बन्नु परेको थियो । लगातार दोस्रो खेलमा हार बेहोरेपछि अघिल्लो चरण पुग्ने नेपालको लक्ष्यमा पनि धक्का लागेको छ । नेपाललाई पराजित गरेसँगै भियतनाम भने अघिल्लो चरणमा प्रवेश गरेको छ । पहिलो खेलमा भियतनामले पाकिस्तानलाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।

नेपाल दोस्रो खेलमा पराजित भएसँगै प्रतियोगिताको अघिल्लो चरण सम्भावना गणितीय  मात्र बाकि छ । अब नेपालको अघिल्लो चरण प्रवेशको सम्भावनाका रूपमा उत्कृष्ट तेस्रो भएर जाने मात्र हुनेछ। जुन सम्भावना पनि निकै कम रहेको छ। नेपालले अघिल्लो चरणको आशलाई कायम गर्न पाकिस्तानलाई फराकिलो अन्तरले हराउनुपर्नेछ। नेपालले एक गोल पनि गर्न नसकेको र ३ गोल खाइसकेकाले अघिल्लो चरणको सम्भावना पनि गणितीय मात्र हो। समूहमा ६ मध्ये ४ टोली उत्कृष्ट तेस्रोका रूपमा अघिल्लो चरण प्रवेश गर्ने भएकाले पाकिस्तानलाई हराउनुको विकल्प अब नेपालसँग हुनेछैन।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *