सुपरकपको उपाधि एथ्लेटिको मड्रिडलाई
- साउन ३१, २०७५
- 0
स्पेनीस सुपर कपको उपाधि एथ्लेटिको मड्रिडले जितेको छ । एस्टोनियाको टेलिनमा भएको फाइनलमा एथ्लेटिकोले छिमेकी क्लव रियाललाई अतिरीक्त समयमा चार दुई गोलले हराउँदै उपाधि उचालेको हो । रोनाल्डो बिना नै मैदानमा उत्रिएको रियालले आफ्नो अग्रतालाई जोगाउन नसक्दा हार ब्यहोर्यो ।
खेलको पहिलो मिनेटमा नै डिएगो कोस्टाको गोल मार्फत एथ्लेटिकोले अग्रता बनाएको थियो । तर २७ औ मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियाललाई एक एक गोलको अवस्थामा पुर्याए । पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलको ६३ औं मिनेटमा सर्जियो रामोसले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई दुई एकको अवस्थामा पुर्याए । ७९ औं मिनेटमा डिएगो कोस्टाले ब्यक्तिगत दोस्रो गोल गर्दा खेल दुई–दुई को बराबरीमा पुग्यो ।
निर्धारित समयमा दुई–दुईको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुग्यो । ९८ औं मिनेटमा साउल निगुइजले गोल गर्दा कोकीले एक सय चार मिनेटमा अर्को गोल थपे । थप गोल गर्न नसक्दा डिफेन्डिङ च्याम्पियन रियाल स्तब्ध बन्यो ।