स्पेनिस क्लब बार्सिलोनाको कप्तानमा लियोनल मेसी

news-details

काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाको कप्तानको जिम्मेवारी लियोनल मेसीले पाएका छन । नियमित कप्तान एन्द्रेस इनइस्टाले क्लब छाडेसँगै बार्सिलोनाले मेसीलाई आफ्नो नयाँ कप्तान चयन गरेको हो ।

लामो समयदेखि आफ्ना लागि खेल्दै आइरहेका मेसीलाई बार्सिलोनाले कप्तानको जिम्मेवारी दिएको हो । मेसी १३ वर्षको उमेरदेखि बार्सिलोनासँग छन् ।

बार्सिलोनाले पछिल्लो समयमा हात पारेका सबै उपाधि र उपलब्धिमा मेसीको महत्वपूर्ण भूमिका रहँदै आएको छ । बार्सिलोनाले आफ्नो आधिकारिक वेबसाइटमा मेसीलाई पहिलो रोजाइको कप्तान र बसक्वेट्सलाई उपकप्तान नियुक्त गरेको जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *