क्यारेवियन लिगमा पनि सन्दीपले देखाए जादु

news-details

अन्तराष्ट्रिय रुपमा तेस्रो अवसर पाएका नेपालका युवा स्पिनर सन्दीप लामिछानेले सिपिएलमा राम्रो प्रदर्शन गरेका छन् । यस अघि भारतमा भएको आइपिएलमा राम्रो प्रदर्शन गरेका सन्दीपले क्यारेबियन प्रिमियर लिगमा पनि आफ्नो जादु देखाएका छन् ।

नेपाली समय अनुसार शुक्रवार विहान करिब ३ वजे भएको खेलमा सन्दीपले व्यक्तिगत उत्कृष्ट प्रदर्शन गरेका छन् । तर उनको टिमले भने जित हासिल गर्न सकेन । सन्दीपको टिम एसटी किट्स एन्ड नेभिस प्याट्रियोट्सलाई गुयना एमाजोन वारियर्सले पराजित गर्यो । सन्दीपको टीम ६ विकेटले पराजित भएको छ ।

ब्यक्तिगत प्रदर्शनले भने सन्दीपले सबैको ध्यान ताने । उनले राम्रो खेल देखाए । उनी खोलको दोस्रो ओभरमा बलिङका लागि फिल्डमा उत्रेका थिए । उनको पहिलो बलमै गुयना अमाजोन वारियर्सका चाडविक वाल्टनलाई आउट गरिदिए ।

सन्दीपको टिमका लागि ब्याटिङमा कप्तान क्रिस गेलले गतिलो पारी खेलेका थिए । तर उनको साझेदारीले पनि उनको टिमलाई जिताउन सकेन । उनले ६५ बलमा ८६ रनको योगदान दिए ।

सन्दीप आफ्नो खेलका लागि किफायती बलर बनेका थिए । ४ ओभर बलिङ गर्दै उनले केबल १२ रन मात्रै खर्चेर २ विकेट लिन पनि सफल भएका थिए ।

पहिलो बलमा नै आउट गरेका सन्दीपले खेलको १० औँभरमा अर्को विकेट लिए । दशौँ ओभरको दोस्रो बलमा उनले गुएना वारिर्यसका जोसन मोहम्मेदलाई पेभेलियन पठाए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *