पीएसजीले जित्यो फ्रान्स सुपर कपको उपाधि

news-details

काठमाडौं । मोनाकोलाई हराउँदै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्स सुपर कपको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा पीएसजीले मोनाकोलाई ४-० गोल अन्तरले हराएको हो ।

चीनमा भएको खेलमा पीएसजीले ३३ औं मिनेटमा एन्जल डी मारियाको गोलबाट अग्रता लिएको थियो । ४० औं मिनेटमा क्रिस्टोफर एनकुन्कुले गोल गर्दै टोलीलाई पहिलो हाफमा २-० को अग्रता दिलाए ।

दोस्रो हाफमा पनि पीएसजी नै हावी भयो । ६७ औं मिनटेमा टिमिथी वाह् र इन्जुरी टाइममा डी मारियाले गोल गर्दै पीएसजीलाई ४-० को जित दिलाएका छन् ।

चीनको शेन्जेनमा झण्डै ४२ हजार दर्शकका माझ भएको खेलमा पीएसजीका स्टार खेलाडी नेइमार सब्सिच्युटका रुपमा ७५ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *