नेदरल्याण्डस्सँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले घरेलु टोलीलाई १ रनले हराएको छ । यो सँगै दुई एक दिवसीय शृंखला १-१ को बराबरीमा सकाएको छ।

नेपालले दिएको २१७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डस्ले निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाउँदै ११५ रन मात्र बनाउन सक्यो ।

उसका लागि वेस्ली वारेसीले सर्वाधिक ७१ रन बनाए पनि त्यो जितका लागि पर्याप्त रहेन। नेदरल्याण्डस्लाई रोक्न नेपालका सन्दिप लामिछानेले ३ विकेट लिँदा ललित भण्डारीले २ विकेट लिए ।

यस्तै कप्तान पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मी र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।

अन्तिम ओभरमा ६ रन चाहिएको अवस्थामा कप्तान पारस खड्काले मात्र ४ रन दिएर एक विकेट लिएपछि नेपालको रोमाञ्चक जित सम्भव भएको हो । पारसले अन्तिम ओभरको अन्तिम बलमा फ्रेड क्लासेनलाई रनआउट गर्दै ऐतिहासिक जित दिलाएका हुन् । नेपालको यो पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय जित हो ।

यसअघि नेपालका लागि कप्तान पारस खड्का र सोमपाल कामीले अर्धसतकीय पारी खेलेपछि निर्धारित ५० ओभरको खेलमा ४८.५ ओभरमा अलआउट हुँदै २१६ रन बनाएको थियो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५१ रनको पारी खेलेका थिए । नेपाली खेलाडीमध्ये सबैभन्दा धेरै रन बनाएका कामीले ४६ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै कप्तान पारस खड्काले पनि अर्धसतक पुरा गरे । पहिलो पटक एक दिवसीय अर्धसतक प्रहार गर्ने क्रममा खड्काले ६९ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे ।

यस्तै दीपेन्द्र सिंह ऐरी र सुवास खकुरेलले समान १९ रन बनाउँदा अनिल साह ४ र रोहित कुमार पौडेल ६ रनमा आउट भए। बसन्त रेग्मीलाई १ रनमा गुमाएको नेपालका लागि सन्दिप लामिछानेले ८ रन बनाएर आउट भए भने ललित भण्डारीले ४ रनमा अभिजित रहे ।