काठमाडौं । आगामी सेप्टेम्बरमा आयोजना हुने साफ सुजुकी कपको खेल तालिका सार्वजनिक भएको छ । सेप्टेम्बर ४ देखि १५ सम्म बंगलादेशको ढाकास्थित बंगलबन्धु नेशनल स्टेडियममा हुने खेलेका तालिका सार्वजनिक भएको हो ।
च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, पाकिस्तान र भुटान समूह ए मा छन् भने भारत, माल्दिभ्स र श्रीलंका समूह बी मा परेका छन् । नेपालले पहिलो खेल सेप्टेम्बर ४ मा पाकिस्तानसँग खेल्नेछ । सोहि दिन बंगलादेशले भुटानसँग खेल्नेछ ।
त्यस्तै नेपालले दोस्रो खेल सेप्टेम्वर ६ मा भुटान तथा तेस्रो खेल सेप्टेम्वर ८ मा बंगलादेशसँग खेल्नेछ । सेमिफाइनल खेलहरु सेप्टेम्वर १२ मा हुनेछ भने फाइनल खेल सेप्टेम्वर १५ मा हुनेछ ।









