नेपाल हिमालय सीमापार वाणिज्य संघ सेमिफाइनलमा

news-details

जिल्ला खेलकुद विकास समिति काठमाडौंको आयोजनामा भइरहेको अन्तर संस्था स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगीताको क्वाटर फाइनल खेलहरु सम्पन्न भएको छ । कपन स्थित ह्याण्डबल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितमा नेपाल हिमालय सीमापार वाणिज्य संघले गजराज जोशी ट्रष्टलाई पेनाल्टी सुटआउटमा ४ का विरुद्ध २ गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।

सीमापार वाणिज्य संघको तर्फबाट नविन न्यौपाने, नविन पाण्डे, कर्मा गुरुङ्ग र विनोद डङ्गोलले गोल गरेका थिए भने, ट्रष्टको तर्फबाट राम गुरुङ्ग र रितेश थापाले गोल गरेका थिए ।

प्रतियोगीता अन्तर्गत बिहिबार हुने पहिलो खेलमा नेपाल हिमालय सीमापार वाणिज्य संघ र महानगरीय प्रहरी प्रभाग कपन विच हुने छ भने दोस्राृे सेमिफाइनल खेल चट्टान बचत तथा क्रृण सहकारी लि। र गोकर्णेश्वर नगरपालिका विच हुने छ । प्रतियोगीताको फाइनल खेल शनिबार हुने आयोजकले बताएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *