विश्वविजेता फ्रान्सेली टिमलाई स्वदेशमा भव्य स्वागत

news-details

विश्वकप २०१८ को उपाधि जितेर स्वदेश फर्किएको फ्रान्सेली टिमलाई भब्य स्वागत गरिएको छ । लाखौं जनता सडकमा उत्रिएर तथा सरकारी स्तरबाटै खेलाडी टिमको स्वागत समारोह गरेर यसलार्इ राष्ट्रिय उत्सवकै रूपमा मनाइएको छ।

रुसबाट उपाधि चुम्दै घर पुगेको फ्रान्सेली टिमलाई ५ लाख भन्दा बढी समर्थकले स्वागत गरे । दोस्रो पटक विश्वकपको ट्रफि सहित विमानस्थलमा ओर्लदा फ्रान्सको टिमको स्वागत समर्थक विमानस्थल बाहिर बाक्लो भिड लागेको थियो ।

विमानस्थलमा पनि सरकारी उच्च ओहदाका पदाधिकारीले खेलाडीलाई स्वागत गरेपछि पेरीससम्म पुग्दा पुरै सडकमा लाखौ समर्थक ओर्लिएका थिए ।

फ्रान्सको झण्डा बोकेका समर्थक खेलाडीलाई हेर्न निकै लालायित बनेका थिए । जव खेलाडी विमानस्थलबाट पेरीस पुग्ने बाटोबाट गए त्यो खेलाडी समर्थकमा खुसीको सिमा थिएन ।

फ्रेन्च भाषामा च्याम्पियन्स खेलेर तयार पारिएको विशेष बसमा खेलाडी जुन बाटोबाट गएका थिए, त्यसको वरपर समर्थकको बाक्लो उपस्थिती रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *