इंग्ल्याण्डलाई हराउँदै बेल्जियम विश्वकप फुटबलमा तेस्रो बनेको छ । शनिबार भएको खेलमा बेल्जियमले इंग्ल्याण्डलाई २–० गोल अन्तरले हराएको हो ।

बेल्जियमका लागि मानुयइले चौथो मिनेटमै गोल गरे । पहिलो हाफमा १(० को अग्रता लिएको बेल्जियमका लागि कप्तान इडेन हाजार्डले ८२ औं मिनेटमा गोल गर्दै तेस्रो स्थान सुनिश्चित गराए ।

यसअघि पनि समुहचरणमा यी दुईबीच भएको खेलमा बेल्जियमले नै बाजी मारेको थियो ।