१०४ वर्षअघि निर्माण भएको चुरिया सुरुङमार्ग पुनर्निर्माण हुँदै

news-details

चुरिया सुरुङमार्गको पुनर्निर्माण हुने भएको छ । सुरुङमार्ग पुनर्निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा ठेक्का सम्झौताको काम सकिएको छ ।

बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले मुलुककै पूर्वाधार सम्पदा तथा ऐतिहासिक चुरिया सुरुङमार्गको पुनर्निर्माण गर्न सबै तयारी पूरा भइसकेको जानकारी
दिनुभयो । बिहीबार यसको शिलान्यास हुँदै छ ।

कुल पाँच करोड रुपियाँको लागतमा सुरुङमार्ग पुनर्निर्माण हुनेछ । करिब १०४ वर्षअघि यो सुरुङमार्ग निर्माण गरिएको थियो । इन्जिनियर डिल्लीजङ्ग थापाको डिजाइनमा सुरुङमार्ग निर्माण गरिएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *