महोत्तरीमा अज्ञात समूहको गोली प्रहारबाट एकजना घाइते

news-details

महोत्तरीमा अज्ञात समूहको गोली प्रहारबाट एकजना घाइते भएका छन् । गोली प्रहारबाट बर्दिवास नगरपालिका १ का रोशन कोइराला घाइते भएका हुन् ।

कोइरालामाथि बुधबार साँझ औरही नगरपालिका ४ स्थित सेरामा गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो । उनको बर्दिवासस्थित जनसेवा हस्पिटलमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।

गोली हानेको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रासस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *