देशभर थप १४१ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन ८२ संक्रमणमुक्त

news-details

पछिल्लो २४ घण्टामा देशभर थप १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ७६ हजार ९८० जना पुगेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा ८२ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ७२ हजार ६१२ जना पुगेका छन ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु नभएको र योसँगै हालसम्म कोभिड १९ बाट नेपालमा मृत्यु हुनेको कुल संख्या ३०२७ पुगेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *