भद्रकाली छेउको आकाशे पुलमुनि बस पल्टियो

news-details

काठमाडौंको भद्रकालीस्थित आकाशे पुलमुनि एउटा बस पल्टिएको छ । पुरानो बसपार्कबाट चन्द्रागिरि जान लागेको बा ३ ख ४४३७ नम्बरको बस आकाशे पुलमुनि पल्टिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दुर्घटनामा परी तीन जना घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य छ । घाइते हुनेहरूमा चालक, सहचालक र एक यात्रु छन् ।

बस पल्टिएपछि केहीबेर उक्त सडक खण्डमा सवारी जाम भएपनि अहिले भने अवस्था सामान्य भइसकेको महाशाखाले जनाएको छ । बस कसरी पल्टियो भन्ने कारण खुल्न सकेको छैन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *