सुमोले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

news-details

टाटा सुमोले ठक्कर दिँदा आज बिहान झापाको कमल गाउँँपालिका–५ स्थित सडकखण्डमा एकजना साइकलयात्रीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गतको लभडाँडा सडकखण्डमा आज बिहान ८ बजेतिर पूर्व जाँदै गरेको मे१ज २००४ नंको टाटा सुमोले बाटो काट्दै गरेका कमल–६ बस्ने ५३ वर्षीय साइकलयात्री झुलानाथ खनाललाई ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।

उनका अनुसार ठक्करबाट सख्त घाइते भएका खनालको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने सुमो र त्यसका चालकलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रनाउ पण्डितले बताए ।

-रासस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *