सप्तरीमा एक महिलाको विभत्स हत्या

news-details

सप्तरीको तिरहुत गाउँपालिका बडा नम्बर दुई मैनमकडेरीकी एक महिलाको विभत्य हत्या गरिएको छ । अन्दाजी ४२ वर्षीया डायमण्ड कडोगिया यादवको घरमा कोही नभएको बेला हत्या भएको हो ।

श्रीमान शिव नारायण यादव विराटनगरस्थित मिल्स माबिको शिक्षक र २ जना छोरा अध्ययनका लागि घर बाहिर रहेका बेला उनको हत्या भएको हो । शुक्रबार रातिको घटना भएपनि परिवारलाई आज मात्र जानकारीमा आएको मृतकका पति शिव नारायणले बताए ।

शव पोस्टमार्टमका लागि बिपि प्रतिष्ठान धरान पठाइएको छ । घटना बारे अनुसंधान भईरहेको सप्तरीका प्रहरी प्रमुख राजेन्द्र धमलाले बताए । एक महिना यता सप्तरीमा ९ जनाका हत्या भएको प्रहरीको तथ्यांकले देखाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *