हाेटेल मालिकसहित बलात्कार काण्डमा चार जना पक्राउ

news-details

कैलाली जिल्लामा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेकाे छ ।

धनगढी उपमहानगरपालिका-४ सहिदगेटस्थित डडेल्धुरा होटलबाट ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको जनाएकाे छ ।

पक्राउ पर्नेहरूमा उक्त होटलका संचालक कञ्चनपुर भीमदत्त नगरपालिका-९ घर भएका २० वर्षीय सञ्जु पाल, डडेल्धुरा अमरगढी नगरपालिका-१ बस्ने २० वर्षीय हेमन्त दियाल, डडेल्धुरा नवदुर्गा गाउँपालिका-२ बस्ने २४ वर्षीय दीपक भट्ट र डडेल्धुरा अजयमेरु गाउँपालिका-१ बस्ने २१ वर्षीय टंक धामी रहेका छन् ।

उक्त होटलमा महिलालाई जबरजस्ती करणी गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *