ललितपुरमा कर्फ्यू हटेपनि भदौ २६ गतेसम्म निषेधित क्षेत्र घोषणा

news-details

शुक्रबार दिनभर कर्फ्यू लागेको ललितपुरको चक्रपथ क्षेत्रभित्र शनिबार कर्फ्यू हटाएको छ ।

कर्फ्यू हटाए पनि जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्लाका दुई क्षेत्र मछिन्द्रनाथको रथ रहेको ठाउँ पुल्चोक र मंगलबजारलाई निषेधित क्षेत्र घोषणा गरेको छ । शुक्रबार राती १० बजेबाट कर्फ्यू हटेपछि उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

रथ रहेको क्षेत्रमा पूर्व मदनस्मारकदेखि पश्चिममा महानगरपालिकाको कार्यालय, उत्तरमा बख्खुडोल र दक्षिण सेन्ट जेभियर स्कुलसम्मलाई निधेषित क्षेत्र घोषणा गरिएको छ ।

त्यस्तै मंगलबजारतर्फ पूर्व मंगलबजार चोक, पश्चिम मदनस्मारक अगाडिको चोक, उत्तरमा तिमबहाल र दक्षिण पूर्णचण्डी मन्दिरसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार निषेधाज्ञा बिहान ५ बजेदेखि बेलुका १० बजेसम्म लागू हुनेछ । निषेधाज्ञा जारी गरिएका क्षेत्रमा ५ जनाभन्दा बढी मानिस जम्मा नहुन आदेश जारी गरिएको छ ।

उक्त निषेधाज्ञा भदौ २० गतेदेखि २६ गतेसम्म लागू हुने बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *