महामारीको बेवास्ता गर्दै रातो मच्छिन्द्रनाथ रथ तान्दा झडप

news-details

महामारीको बेवास्ता गर्दै ललितपुरको पुल्चोकमा राखिएको रातो मच्छिन्द्रनाथ रथ तान्दा झडप भएको छ ।

ललितपुरको पुल्चोकमा राखिएको रातो मच्छिन्द्रनाथ (बुगःद्य)को रथ निषेधाज्ञा जारी रहेको अवस्थामा नतान्नु भन्दाभन्दै बिहीबार जिल्ला प्रशासनको स्वीकृत बिना तानिएकाले रथ तान्न रोक लगाउन प्रहरीले दमकलको सहायताले पानीको फोहोरा हानेको थियो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास समेत प्रहार गर्नु परेको थियो भने । अहिले रथ तान्न रोकिए पनि तनाव भने कायमै छ ।

गत वैशाख १८ र १९ गते तान्नुपर्ने रथ कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण रोकिएको थियो । अहिले पनि निषेधाज्ञा बाबजुद स्थानीयको दबाबमा रथ तान्न सुरू गरिएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *