आङदावाको सहयोग असहाय र बालबालिकालाई

news-details

अमेरिकाबाट केहीसमयको लागि काठमाण्डौ आएका संखुवासभाका आङदावा शेर्पाले काठमाण्डौको कपनमा रहेको केयर वालगृहमा रहेका अनाथ र असहाय बालिकाहरुलाई सहयोग गरेका छन् । लकडाउनका कारण त्यहा अध्ययनरत बालिकाहरुलाई खाद्यान्न समस्या भएपछी उनले त्यहा रहेका सबै बालिकाहरूका लागी खाद्यान्न सहयोग गरेका हुन् ।

उनले बालिकाहरुकालागि चामल, दाल, नुन, तेल,कापि कलम र आबश्यक सामाग्री खरिद गरी दिएकाछन । त्यसैगरी नगद १७ हजार रूपैया गरी २८ हजार रूपैया बराबरको सहयोग गरेका हुन् । कोरोना भाईरसको कारण लकडाउनको अवस्था भएपछि अध्ययनरत बालिकाहरुसमेतलाई खाद्यान्नलगायतको आर्थिक समस्या पर्दै आएको थियो । उक्त बालगृहमा छात्रा मात्र अध्ययनरत छन ।

उनले गरेको सहयोगको कारण तत्कालका लागि समस्या टरेको छ । युवा समाजसेवी शेर्पाले बालबालिकालगायतको क्षेत्रमा सहयोग गर्दै आएका छन । आगामी दिनमासमेत अप्ठ्यारो परेकाहरुलाई मनबाट सहयोग गर्नै प्रतिबद्धता व्यक्त गरेका छन । बालिकाहरु अप्ठ्यारोमा परेको जानकारी रामबाबु सेवानले दिएपछी उनले सहयोग गरेका हुन ।

आङदावा शेर्पाले शारीरिक रुपले असक्त दुई वटै आखा र दुई वटै हात गुमाएका अम्बर राईलाई पनि तत्कालको लागि १० हजार रुपैया सहयोग गरेका छन । अरुको दुख आफ्नै दुख देख्ने युवा समाजसेवी शेर्पाले यस अघी पनि बिभिन्न बालगृहलाई सहयोग गरेकाछन । लकडाउनको प्रभाव वालवालिका लाई नपरोस भन्ने उद्देश्य उनको छ ।

लामो समय सम्म अमेरिकामा बसेर नेपाल आएका शेर्पाले बालवालिकाको क्षेत्रमा काम गर्दै आएका छन । उनले बालवालिकालाईसमेत पढाउदै आएका छन र पढाउने योजना पनि बनाएका छन । संखुवासभाको मकालु गाउपालिका-२ टासीगाउका शेर्पाले आफुले बिगतमा भोगेको समस्या अरु बालबालिकाले भोग्न नपरोस भन्ने उद्देश्य राखेकाछन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *