शनिबार दिनभर बर्षा, आइतबारदेखि मौसम सुधार हुने अनुमान

news-details

देशका अधिकांश भागसहित काठमाडौं उपत्यकामा पनि शनिबार दिनभर बर्षा हुने मौसमविदले जनाएका छन् । अरेबियन सागरमा विकसित निसर्ग चक्रवातको अप्रत्यक्ष असर र स्थानीय वायुको प्रभावले शुक्रबारदेखि जारी झरी शनिबार पनि रह्यो ।

अहिले काठमाडौं उपत्यकासहित प्रदेश २, गण्डकी, प्रदेश ५ र सूदुरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा र देशका अन्य धेरै स्थानमा बर्षा भइरहेको छ । यो क्रम आइतबारदेखि सुधार हुने बताइएको छ ।

मौसमविद मिन कुमार अर्यालले आज काठमाडौं उपत्यकाको आकाश खुल्ने सम्भावना कम रहेको बताएका छन् ।

अरेबियन सागरमा निसर्ग चक्रवात विकसित भएको निम्न चापिय प्रणालीको असर बाँकी नै छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *