अमेरिकामा सवारी दुर्घटनामा परी तीन नेपालीको मृत्यु

news-details

अमेरिकाको मिजुरी राज्यमा मंगलबार भएको सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ ।

स्थानीय जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन् ।

उनका बुबाआमा अमेरिका घुम्न नेपालबाट आएका थिए । कार चालक श्रद्धाका पति प्रभाश ओझा र उनीहरूका ४ वर्षीय छोरा अस्पतालमा छन् ।

प्रभाशको अवस्था स्थिर छ भने बालिका अवस्था चिन्ताजनक छ । प्रभाश आफ्नो टोयोटा आरएभी ४ हाँकेर मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व गइरहेका थिए ।

उनले गाडी बत्तिमा रोकेका बेला पछाडिबाट टोयोटाको पिकअप ट्रकले हानेको थियो ।

श्रद्धा र प्रभाश अगाडि सिटमा थिए । अरू पछाडिको सिटमा बसेका थिए । गोविन्दलाई घटनास्थलमा, तथा श्रद्धा र आमा शान्तालाई अस्पताल मृत घोषित गरिएको थियो ।

ओझाको परिवार स्थानीय ब्ल्यु स्प्रिङ्समा बस्दै आएको छ । पछाडिबाट ठोक्काउने गाडीका चालकको नाम सार्वजनिक गरिएको छैन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *