बिर्तामोडस्थित वडा कार्यालयमा अज्ञात समूहद्धारा बम विस्फोट

news-details

अज्ञात समूहले झापाको बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा बिहान ४ः३० बजे बम विष्फोट गराएको छ ।

वडा कार्यालयमा भएको उक्त बम विस्फोटबाट वडा कार्यालयको भवनमा क्षति पुगेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

विस्फोट कसले र किन गर्यो भन्ने बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाली सेनाको टोली समेत पुगेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *