पाँचथरमा दुई परिवारका नौ जनाको विभत्स हत्या, ‘मुकुन्डो लगाएर आएका थिए हत्यारा’

news-details

पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए ।

घटनाबाट भागेर बाँच्न सफल १२ वर्षीया सीता खजुमले स्थानीयवासीलाई दिएको जानकारी अनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो । आक्रमणबाट घाइते रहेकी उनलाई अहिले उपचारका लागि फिदिम पु¥याइएको छ ।

हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन ।

दशमीबजारस्थित प्रहरी चौकीको टोली बिहान ६ बजे पुगेको थियो भने इलाका प्रहरी कार्यालय रविको टोली पनि पुगिसकेको छ । यता जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवर नेतृत्वको टोलीसमेत घटनास्थलतर्फ लागेको छ ।

घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालयका एसएसपीको नेतृत्वमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता (इन्सपेक्टर) अनिल पौडेलले जानकारी दिए ।

यस्तै सीआईबीको एसपीको नेतृत्वमा प्रदेश प्रहरीको विशेष टोली र क्षेत्रीय अनुसन्धानको कुकुरसहितको टोली अनुसन्धानको लागि घटनास्थल प्रस्थान गरेको छ ।

घटनाको कारण नखुले पनि २ नातेदार परिवारको हत्या भएकाले पारिवारिक रिसिबीका कारण घटना घटाइएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । हाल पाँचथरको चारैतिर नाकामा चेकजाँच कडा पारिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *