भूकम्पपीडितलाई सहुलियत कर्जामा थप सुविधा

जिविकोपार्जनका लागि थप एक शिर्षकमा पनि ऋण लिन पाउने
news-details

सहुलियतपूर्ण ऋण लिन भूकम्पपीडितलाई थप सहज हुने भएको छ । त्यस्तै, भूकम्पपीडितले आवास निर्माणका अतिरिक्त जीविकोपार्जनका लागि थप एक कर्जा पनि लिन पाउने छन् ।

मन्त्रिपरिषद्ले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधिमा पहिलो संशोधन गरी यस प्रकारको सुविधा उपलब्ध गराइएको हो ।

भूकम्पपीडितले निजी आवास निर्माणका लागि ऋण लिएका भएपनि जिविकोपार्जनका लागि थप एक शिर्षकमा पनि ऋण लिन पाउने भएका छन । जस अन्तर्गत व्यवसायिक कुषि तथा पशुप‌ंक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमी कर्जा, दलित समुदाय विकास कर्जा एवं उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जामध्ये एक शीर्षकको कर्जा लिन सक्नेछन् ।

त्यसैगरी, भूकम्पपीडितले कर्जा लिँदा राख्नुपर्ने धितोको बारेमा पनि प्रष्ट पारिएको छ। भूकम्पपीडित निजी आवास पुनर्निर्माण वा प्रबलीकरण लाभग्राहीले निजी आवास निर्माण कर्जा लिई निर्माण गर्ने वा गरिरहेको घर र सो घरले चर्चेको जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाले ऋण दिनु पर्नेछ ।

त्यस्तै, भूकम्प पीडितलाई निजी आवास निर्माण गर्ने कर्जा लिनका लागि स्थायी लेखा नम्बर (प्यान) आवश्यक नपर्ने भएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *