चितवनको देवघाटमा अष्टधातुबाट शिवमूर्ति बनाइदै, आर्थिक सहयोग जुटाउन पशुपतिमा महायज्ञ 

news-details

 

चितवनको देवघाटधाममा अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माणका लागि धातु र आर्थिक सहयोग सङ्कलन गर्न काठमाडौंको पशुपतिमा महायज्ञ सुरू भएको छ ।

शिवको मूर्तिसहित जमीनमुनि पूजाकोठा र धार्मिक सङ्ग्रहालय, यात्रु विश्रामगृह, उद्यानसहितको आकर्षक संरचना निर्माणका लागि झण्डै आठ करोड लाग्ने भएकाले अर्थ र धातु सङ्कलनका लागि महायज्ञ थालिएको आयोजक देवघाट संरक्षण प्रतिष्ठानले जनाएको छ ।

वैशाख ११ गतेसम्म चल्ने उक्त महायज्ञको आइतबार पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले उद्घाटन गरे । उनले विश्वकै हिन्दूहरूको आस्थाको केन्द्र देवघाटधाममा अष्टधातुबाट निर्माण हुने शिवमूर्तिले सो क्षेत्रको गौरव र गरिमा बढाउने धारणा राखे ।

तीन वर्षमा निर्माण सक्ने गरी देवघाटमा चाँदी, सुन, तामा, पित्तल, ढलोट, काँच, फलाम मिश्रित धातुबाट शिवको मूर्ति निर्माण हुँदैछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *