एकै परिवारका आमा, छोरी र छोरा झुन्डिएको अवस्थामा भेटिए

news-details

चितवनमा एकै परिवारका ३ जना झुन्डिएको अवस्थामा फेला परेका छन् । भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलमा आमा, छोरा र छोरी एकै स्थानमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घरभित्र एकै स्थानमा तीन सलको पासोमा अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३/१४ वर्षीया छोरी विनिता मगर र अन्दाजी ११/१२ वर्षीय छोरा विवेक मगरले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

मृतकका श्रीमान् नरबहादुर आलेमगर नेपाली आर्मीमा काठमाडौंमा कार्यरत रहेका छन् । उनीहरूको हत्या या आत्महत्या के हो भन्ने खुलेको छैन ।

आमाले नै छोराछोरीलाई झुण्ड्याएर आफूले पनि झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयवासीले आशंका गरेका छन् । उनीहरुको शव अहिले परीक्षणका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारेअनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मी जानकारी दिए । उनले अहिले अनुसन्धानका लागि आफू घटनास्थलमै रहेको बताए । -रासस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *